भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका एसएसपीले दिए राजीनामा

महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका एसएसपीले दिए राजीनामा

काठमाडौं । सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् । छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका हुन् ।

पालको राजीनामा स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय पठाएको छ । निलम्बन फुकुवा गरी राजीनामा स्वीकृत गर्न लागिएको स्रोतको दावी छ । तर, यौन दुर्व्यवहारमा कानुनी कारबाहीबाट भने उनले उन्मुक्ति पाएका छन् । प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा उनले गत जेठमा महिला कर्मचारीलाई दुव्र्यवहार गरेका थिए ।

बिदामा घर जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेको छानबिनमा खुलेको छ । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो । सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

डिआइजी सुरेन्द्र मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेर स्थलगत अध्ययन गरेपछि उनले महिला हवल्दारलाई दुव्र्यवहार गरेको पुष्टि भएको थियो । समितिको निष्कर्षपछि पाँच ग्रेड घटुवाको कारबाही गर्न लागेपछि राजीनामा दिएर उनले संगठनबाट बाहिरिने प्रस्ताव गरे ।

सोहीअनुसार उनको निलम्बन फुकुवा गरेर राजीनामाको अवसर दिइएको प्रहरी स्रोतले बतायो । पालले अन्य महिला प्रहरीलाई पनि त्यसैगरी दुर्व्यवहार गरेको खुलेको थियो । विगतमा पनि यौन दुर्व्यवहारका घटनामा एसएसपी पाल मुछिँदै आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.