भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

महिलाकाे शव सहित मार्चपास, प्रधानमन्त्रीलाई ट्याउँ–ट्याउँकाे अर्थ सिकाउने दाउ (भिडियाेसहित)

महिलाकाे शव सहित मार्चपास, प्रधानमन्त्रीलाई ट्याउँ–ट्याउँकाे अर्थ सिकाउने दाउ (भिडियाेसहित)

काठमाडौं । महिलालाई ट्याउँ–ट्याउँको संज्ञा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले हेप्दै आएको भन्दै त्यसका विरुद्धमा राजधानीमा विरोधका आवाज उठिरहेका छन् ।

वृहत नागरिक आन्दोलनको नाममा आज काठमाडौंमा महिला मार्चपास गरेका छन् । मार्चपासमा बोल्ने वक्ताहरूले प्रधानमन्त्री ओलीले महिला आवाजको सम्मान गर्न नसकेको बताएका छन् ।

मार्चपास पछि भद्रकालीमा सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै डा. अर्चना थापाले आफुले कल्पना प्रजातन्त्र भन्दा खतरा रहेको भन्दै सरकारले महिला उभिएर बोल्न थाल्यो भने त्यसलाई ट्याउँ–ट्याउँ भनेर खिल्ली उडान थाल्छ भनेर आलोचना गरिन ।

शासकहरूको बोली, शब्द, संकेत पनि बलात्कार लगायतको हिंसाको कारक बनेको उनको दावी छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसद विघटनपछि ‘संविधानमाथि बलात्कार’ भयो, ‘चीरहरण’ भयो भन्ने जस्ता शब्द प्रयोग गर्न नहुनेमा उनको जोड थियो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

कार्यक्रममा मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, हिमा विष्ट, रजनी मिलालगायतले प्रतिगमनको विरोध गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.