भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

माइक्रोसफ्टको सर्भर मा समस्याः विश्वभरका कैयौँ बैंक, एअरलाइन्स प्रभावित

माइक्रोसफ्टको सर्भर मा समस्याः विश्वभरका कैयौँ बैंक, एअरलाइन्स प्रभावित

सफ्टवेयर कम्पनी माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभरका कैयौँ बैंक, मीडिया समूह र एअरलाइन्स प्रभावित भएका छन् । माइक्रोसफ्टको सर्भरमा समस्या आएसँगै विश्वभरका कैयौँ बैंक, एअरलाइन्स र दूरसञ्चार सेवाका कामकाज अचानक ठप्प भएका बीबीसीले जनाएको छ । केही टीभी र प्रसारण कम्पनीको सेवा पनि रोकिएको छ । माइक्रोसफ्टले भने समस्या समाधानका लागि पहल भइरहेको जनाएको खबरमा उल्लेख छ ।

सूचना प्रणाली ठप्प हुँदा सिड्नी एअरपोर्ट र युनाइटेड एअरलाइन्सको विमान सञ्चालन हुन सकेको छैन । यस्तै अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एअरलाइन्सले विश्वभरमा आफ्नो उडान रोकेको छ । यसैगरी बेलायतका ट्रेन कम्पनी, बर्लिन एअरपोर्ट, स्पेनको एअरपोर्र्टमा पनि समस्या आइरहेको बीबीसीको खबरमा उल्लेख छ । यस्तै बेलायतको स्काई न्युज च्यानल अफ एअर भएको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.