काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
बैठकको पहिलो दिन १७ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा राखेका छन् ।
मंसिर हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुने छ ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जनाको सहभागीता रहेको माओवादीले जनाएको छ ।
