भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मुगुको छायाँनाथमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गयो

मुगुको छायाँनाथमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गयो

मुगु । मुगुको छायाँनाथमा करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भामवाडा घर भएका २२ वर्षीय सञ्जय भामको ज्यान गएको हो ।

करेन्ट लागेर बेहोस भएका भामलाई हिजो दिउँसो २ बजेतिर उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । उनको आज बिहान उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो । माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको उहाँले बताउनु भयो ।

 


Thali Mobile Pvt.Ltd.