भर्खरै : Sorry, your browser does not support inline SVG.

मुस्ताङमा बाढीका कारण एक अर्ब रुपैयाँको क्षति, भौतिक संरचनामा मात्रै ८१ करोड ८३ लाखको क्षति

मुस्ताङमा बाढीका कारण एक अर्ब रुपैयाँको क्षति, भौतिक संरचनामा मात्रै ८१ करोड ८३ लाखको क्षति

काठमाडौं । मुस्ताङमा बाढीका कारण एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । मुस्ताङको कागबेनीमा गत साउन २८ गते आएको बाढीले करिब एक अर्ब रुपैयाँ बराबरको क्षेति पु¥याएको विवरण सार्वजनिक भएको हो ।

बाढीले सडक, पक्की पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकी, तटबन्धन लगायत गरी २१ करोड बराबरको क्षति पुगेको विवरण गाउँपालिकाको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

समितिले उक्त विवरण सुरक्षा निकाय, प्रशासन र रेडक्रससंगको समन्वयमा क्षतिको विवरण संकलन गरेको हो । बाढीबाट २२ वटा घर पूर्ण र ५ वटा घरमा आंशिक क्षति पुगेको छ भने ९ वटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति पुगेको छ ।

घर गोठको क्षति ५२ करोड ८९ लाख रुपैयाँ बराबरको रहेको जनाइएको छ । बाढीमा बगेर २४ वटा गाई र एउटा घोडा मरेका छन् । विवरण अनुसार नगद, विभिन्न सामग्री र भौतिक संरचनामा ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.