दाङ । मोटरसाइकल र साइकल ठोक्किएर दुर्घटना हुँदा दाङमा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलचालक घोराही उपमहानगरपालिका–१५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकलयात्री १६ वर्षीय रितेश केसीको मृत्यु भएको ।
उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । रा ३ प २९२२ नम्बरको मोटरसाइकल र साइकल बिहीबार राति पानै नौ बजेतिर घोराही उपमहानगरपालिका – ७ बेसाइनजिक ठोक्किएका हुन् ।
मोटरसाइकल सौडियारबाट घोराहीतर्फ आउँदै गरेको थियो । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका– ७ बस्ने ३८ वर्षीय वसन्त चौधरी र अर्का साइकलयात्री सोही वडाका १५ वर्षीय विनोद भण्डारी छन् ।
घाइतेको राप्ति स्वास्थविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
