भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोटरसाइकल र साइकल ठोक्किँदा दुईजनाको मृत्यु

मोटरसाइकल र साइकल ठोक्किँदा दुईजनाको मृत्यु

दाङ । मोटरसाइकल र साइकल ठोक्किएर दुर्घटना हुँदा दाङमा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलचालक घोराही उपमहानगरपालिका–१५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकलयात्री १६ वर्षीय रितेश केसीको मृत्यु भएको ।

उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । रा ३ प २९२२ नम्बरको मोटरसाइकल र साइकल  बिहीबार राति पानै नौ बजेतिर घोराही उपमहानगरपालिका – ७ बेसाइनजिक ठोक्किएका हुन् ।

मोटरसाइकल सौडियारबाट घोराहीतर्फ आउँदै गरेको थियो ।  दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका– ७ बस्ने ३८ वर्षीय वसन्त चौधरी र अर्का साइकलयात्री सोही वडाका १५ वर्षीय विनोद भण्डारी छन् ।

घाइतेको राप्ति स्वास्थविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

 


Thali Mobile Pvt.Ltd.