भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

मोटरसाईकल दुर्घटनामा परि भक्तपुरमा एक जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा परि भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुर । मोटरसाइकल दुुर्घट्नामा एक जनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ आँउदै गरेको बा प्र ०२–०२५ प १४०१ नं को मोटरसाईकल चाँगुनारायण नगरपालिका –७ भद्रकालीमा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुुर्घट्ना हिजो शनिवार भएको हो । मोटरसाईकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ७ खरिपाटी बस्ने वर्ष ४० का रामराज राईको मृत्यु भएको हो ।

गम्भिर घाईते राईलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल र चालक उदयपुर गाईघाट घर भई खरिपाटी बस्ने बर्ष २४ का अबिन कुमार सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.