भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मौसमी फ्लुविरुद्धको खोप लगाउन अनुरोध

मौसमी फ्लुविरुद्धको खोप लगाउन अनुरोध

काठमाण्डौ । सरकारले मौसमी फ्लुविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न खोप लगाउन स्वास्थ्य मन्त्रालयले सूचना निकालेर आग्रह गरेको हो ।

खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्न छोप्न समेत मन्त्रालयले आग्रह गरेको छ । बेलाबेलामा साबुनपानीले सफासँग हात धुन, तातो पानी पिउन, बाफ लिन, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान र रुघाखोकी लागेका बेला घरेलु उपचार विधि अपनाउन मन्त्रालयले आह्वान गरेको छ ।

मौसम परिवर्तनसँगै वायु प्रदूषण बढेकाले अहिले धेरैलाई रुघाखोकी र ज्वरो आएको छ । यस्तो बेला बिरामीसँग भौतिक दूरी कायम गर्न मन्त्रालयको सुझाव छ । घरमा कसैलाई रुघाखोकी लागेको भए मास्क लगाउन समेत सूचनामा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.