भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मौसमी फ्लुविरुद्धको खोप लगाउन अनुरोध

मौसमी फ्लुविरुद्धको खोप लगाउन अनुरोध

काठमाण्डौ । सरकारले मौसमी फ्लुविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न खोप लगाउन स्वास्थ्य मन्त्रालयले सूचना निकालेर आग्रह गरेको हो ।

खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्न छोप्न समेत मन्त्रालयले आग्रह गरेको छ । बेलाबेलामा साबुनपानीले सफासँग हात धुन, तातो पानी पिउन, बाफ लिन, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान र रुघाखोकी लागेका बेला घरेलु उपचार विधि अपनाउन मन्त्रालयले आह्वान गरेको छ ।

मौसम परिवर्तनसँगै वायु प्रदूषण बढेकाले अहिले धेरैलाई रुघाखोकी र ज्वरो आएको छ । यस्तो बेला बिरामीसँग भौतिक दूरी कायम गर्न मन्त्रालयको सुझाव छ । घरमा कसैलाई रुघाखोकी लागेको भए मास्क लगाउन समेत सूचनामा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.