भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

म्याक्रों र लेनको बेइजिङ भ्रमण अर्थपूर्ण

म्याक्रों र लेनको बेइजिङ भ्रमण अर्थपूर्ण

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र युरोपेली युनियनकी प्रमुख उर्सुला भोन्डर लेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन् । चीन भ्रमणमा रहेका काफ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र युरोपेली युनियनकी प्रमुख उर्सुला भोन्डर लेनले विहिबार भेटवार्ता गर्न लागेका हुन ।

गत महिना चिनियाँ राष्ट्रपति जिनपिङको मस्को भ्रमणको क्रममा प्रस्ताव गरिएको द्वन्द्व अन्त्यको प्रस्तावलाई फ्रेन्च राष्ट्रपतिले सकारात्मक रुपमा लिएको बताएका थिए । बिहीबारको भेटमा द्वन्द्व अन्त्यकै प्रस्तावमाथि छलफल हुने अनुमान गरिएको छ ।

यसअघि जर्मन चान्सलर ओलाफ स्कोल्ज र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चीन भ्रमण गरेका थिए । रुस–युक्रेन युद्धले समग्र विश्वलाई प्रभाव पारिरहेको बेला म्याक्रों र लेनको बेइजिङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

व्यक्तिगत सम्बन्धनलाई आधार मानेर हेर्ने हो भने फ्रेन्च राष्ट्रपति म्याक्रों रुस र चीन दुवै देशका शीर्ष नेतासँग अन्य पश्चिमा नेताहरुभन्दा नरम नीति राखेका छन् । युरोपेली युनियनकी प्रमुख लेन नेटो र अमेरिकाको कट्टर समर्थक रहेकी छन् । म्याक्रो र लेनको संयुक्त यात्रा चीन र युरोपको सम्भावित नयाँ सम्बन्धको सूचक रहेको अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.