भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यी प्रदेशमा एमालेको दाबी, बाँकीमा भागबण्डा

यी प्रदेशमा एमालेको दाबी, बाँकीमा भागबण्डा

काठमाडौं । प्रदेश सरकार निर्माणको विषयमा सत्ता गठबन्धनमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा प्रदेश सरकार निर्माणसहित अन्य विषयमा छलफल भएको हो । प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली तथा माओवादीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमालेले लिने, मधेस प्रदेशमा जसपा र जनमत पार्टीबीच आधा–आधा कार्यकाल नेतृत्व गर्ने र बाँकीमा माओवादी केन्द्रले लिने विषयमा ओली र प्रचण्डबीच छलफल भएको हो ।

संघमा सत्ता गठबन्धन परिवर्तन हुनेबित्तिकै प्रदेशमा पनि नयाँ समीकरणको अवस्था सिर्जना भएको छ । सातै प्रदेशमा गठबन्धनको बहुमत पुग्ने अवस्था छ । एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यामलाल कँडेल संसदीय दलको नेता बनिसकेका छन् । वाग्मती प्रदेश संसदीय दलको नेतामा चितवनका जगन्नाथ थपलिया निर्विरोध निर्वाचित हुने सम्भावना छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेले दलको नेता छान्न बाँकी छ । तीनवटा प्रदेशको नेतृत्वमा आफूहरूको दाबी रहेको माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले बताए । प्रदेश १ मा ४० सिट जितेको एमाले पहिलो दल छ भने १३ सिट जितेको माओवादी तेस्रो दल छ । केन्द्रमा गठबन्धनभित्रै रहेको राप्रपाले ६ सिट जितेको छ ।

जसपाको १ सिट छ । सरकारमा सहभागिताबारे छलफलमा रहेको एकीकृत समाजवादीले ४ सिट जितेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा ४७ सिट चाहिन्छ । माओवादीबाट प्रदेश १ मा इन्द्र आङ्बो संसदीय दलको नेता निर्वाचित भएका छन् । मुख्यमन्त्रीका लागि वार्ता गर्न माओवादीले स्थायी समिति सदस्य राम कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.