भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

युक्रेनको युद्धग्रस्त दोनेत्स्क क्षेत्रमा रूसी राष्ट्रपति पुटिनको भ्रमण

युक्रेनको युद्धग्रस्त दोनेत्स्क क्षेत्रमा रूसी राष्ट्रपति पुटिनको भ्रमण

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको दोनेत्स्क क्षेत्रको भ्रमणमा पुगेका छन्। आइतबार राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको दोनेत्स्क क्षेत्रमा पुगेका हुन । क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ कार्यक्रममा सहभागी भएपछि उनी दोनेत्स्क क्षेत्रको भ्रमणमा पुगेका हुन ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ आदेश जारी गरेको भोलि पल्ट शनिबार क्राइमिया पुग्नु भएका पुटिन आइतबार युद्धग्रस्त दोनेत्स्क क्षेत्रमा पुगेको बताइएको छ ।
क्राइमिया भ्रमणका क्रममा उनले कृष्णसागरस्थित बन्दरगाहको निरीक्षण समेत गरेका थिए । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिनविरुद्ध पक्राउ आदेश जारी गरेको थियो ।

आईसीसीको पक्राउ आदेशलाई रुसले अर्थहीन भन्दै बेवास्ता गरेको छ । पुटिन क्राइमियाबाट हेलिकोप्टर मार्फत युक्रेनको मारियुपोल शहरमा पुगेका हुन । दोनेत्स्क क्षेत्र अहिले रुसी सेनाको नियन्त्रणमा रहेको छ । मारियुपोलमा पुटिनले आफैं कार चलाउँदै विभिन्न स्थानको भ्रमण गरेको र बीच–बीचमा राकेर स्थानीयहरुसँग कुरा समेत गरेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.