युक्रेनलाई थप हतियार सहयोग

युक्रेनलाई थप हतियार सहयोग

काठमाडौं । रुसले युक्रेनमा थप आक्रमण तीव्र बनाएपछि अमेरिका लगायतका पश्चिमा देशले हतियार सहयोग गर्ने भएका छन् ।

मंगलबार भर्चुअल बैठकमा भएको कुराकानीमा किभलाई तोपखाना, ट्याङ्क विरोधी र वायु रक्षा सहायता पठाउने बाचा गरेका हुन् ।

रुसले देशको पूर्वमा नयाँ अभियान सुरु गरेपछि युक्रेनले आफूलाई रक्षा गर्न हतियारको आवश्यकता रहेको भन्दै सहयोगको आग्रह गरेका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘डोनबासका लागि लडाई’को सुरुवात भएको बताएका छन ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनमाथि नो–फ्लाई जोनको विकल्पको रूपमा सोभियत निर्मित वायु रक्षा प्रणाली र लडाकु विमानका लागि अमेरिकालाई अपील गर्दै आएका छन ।

पूर्वी डोनबासमा रहेका लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा रूसले आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास स्वरुप आक्रमण जारी राखेको छ ।

युक्रेनका लागि थप सैन्य सहायताबारे छलफल गरिरहेको समयमा रुसले आक्रमणलाई तीब्र बनाएको थियो। बैठकपछि अमेरिकी रक्षा विभागले थप सैन्य विमान र विमानका पार्टपूर्जा युक्रेनलाई सहयोग गर्ने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.