रंगीदै कीर्तिपुर मैदान

रंगीदै कीर्तिपुर मैदान

काठमाडौं । वैशाख ५ गतेबाट सुरु हुने एसीसी प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मर्मत कार्य तीव्र रुपले अघि बढाएको छ ।

एकमात्र अन्तर्राष्ट्रिय भेन्यूका रुपमा प्रयोग हुँदै आएको मैदानबाहिरका अधिकांश पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरको बनाइँदै लगिने क्यानले जनाएको छ । यो प्रतियोगिताका खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा खेलाउने क्यानले तयारी थालेको छ ।

दुवै मैदानको तयारी अन्तिम चरणमा पुगेको कोषाध्यक्ष रोशनकुमार सिंहले कैलाश खबरलाई बताए ।

त्रिविमा मैदानको स्तरोन्नत्तिकासाथै रंगशाला क्षेत्रमा सरसफाइ, तारजाली मर्मत, पर्खाल र गेट निर्माणदेखि सजावट तथा विभिन्न कक्षहरुको व्यवस्थापन कार्य गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.