भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलले बैधानिकता पायो

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलले बैधानिकता पायो

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलले बैधानिकता पाएको छ । शुक्रबार निर्वाचन आयोगले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेपछि उक्त पार्टीले बैधानिकता पाएको हो । आयोगले प्रस्ताव गरेको घण्टी चुनाव चिन्हलाई आयोगले संशोधन गरेको छ । घण्टी चुनाव चिन्ह अर्कै दलको भएपछि आयोगले पार्टीलाई गोलाकारभित्रको घण्टी चिन्ह दिएको छ । आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन दर्ताको प्रमाणपत्र प्रदान समेत गरेको हो ।

पार्टी दर्ताको निवेदन आयोगमा दिएपछि विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारहरूको एलाइन्सले उक्त पार्टी दर्ता नगर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका थिए । असार ७ गते रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै दर्ताको लागि आयोगमा निवेदन दिएका थियो । उनले चुनाव चिन्ह घण्टी राख्न प्रस्ताव गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.