भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

राजदेवीमा १५ हजार बोकाको बली

राजदेवीमा १५ हजार बोकाको बली

जनकपुरधाम । प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढेको छ ।

महाअष्टमीको साँझ राजदेवीमा बोका बली दिने परम्परा अनुसार सोमवार राति पैने ९ बजेबाट बलि चढाउन सुरु गरिएको थियो । बलि आज विहानसम्म चढाइएको हो ।

मेला आयोजक मध्येका महावीर यूवा कमिटीका उपाध्यक्ष महेश साहले १४ हजार ९४१ बोकाको बलि चढेको बताए । उनका अनुसार गतवर्ष १४ हजार २९१ बोकाको बलि चढेको थियो ।

बलि चढाउन मन्दिर परिसरमा ४ वटा ठेहा राखिएको थियो भने सयौं यूवा परिचालित थिए । मन्दिरमा यसवर्ष बोका बलि चढाउने र लाइन बसेको तस्वीर लिन प्रतिबन्ध लगाएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.