भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

रापिड नेश्नल चेस च्याम्पियनशीप सुरु, रुपेश जैसवालको अग्रता कायमै

रापिड नेश्नल चेस च्याम्पियनशीप सुरु, रुपेश जैसवालको अग्रता कायमै

भक्तपुर । भक्तपुर साकोसले आफ्को २७ औँ स्थापना दिवसका अवसरमा रापिड नेश्नल चेस च्याम्पियनशीप सुरु गरेको छ । आज नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट र भक्तपुर साकोसका अध्यक्ष निर्मल प्रजापतिले संयुक्तरुपमा चेसको गोटी चाली प्रतियोगिताको उद्घाटन गरे ।

आज सम्पन्न चार चरणको खेलबाट नेपाल च्याम्पियन रुपेश जैसवाल, पुरुषोत्तम सिलवाल, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, ललितपुरका सरोज महर्जन र भक्तपुरका विक्रम चोकामीले ४ अंकसहित अग्रता कायम गरेका छन् ।

प्रतियोगितामा दोलखाका आशिष फुँयाल, भक्तपुरका राजेश कक्षपति, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, युवा खेलाडी सुदिप तामाङ, धिरेन राई, सुरज सिंह ३.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् । पाँचौ चरणदेखि नवौँ चरणसम्मका खेलहरू भने भोली बिहान १० बजेबाट सुरू हुने छन् ।

प्रतियोगिता सम्पन्न भएलगतै अपरान्ह ३ बजे भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम हुने आयोजक भक्तपुर साकोसले जनाएको छ ।

यसैबीच कार्तिक १९ गते बिहान ८ बजे स्थापना दिवसको अवसरमा सहकारीका ज्येष्ठ सदस्यहरूलाई पोषण वितरण कार्यक्रम राखिएको संस्थाका अध्यक्ष बलराम प्रजापतिले बताए । सो कार्यक्रम सस्थाको प्राङ्गणमा हुने उपाध्यक्ष निर्मल प्रजापतिले बताए ।

 


Thali Mobile Pvt.Ltd.