भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राप्रपार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति

राप्रपार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न हलो हुने भएको छ । गत फागुनमा पार्टी एकता भए पनि चुनाव चिह्नबारे टुंगो लाग्न सकेको थिएन । अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा। प्रकाशचन्द्र लोहनीसहित कार्यसम्पादनका सदस्यहरु को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले दल दर्ताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

बैठकले राजसंस्थासहितको हिन्दू राष्ट्र बनाउने लक्ष्यका साथ एकीकृत राप्रपाको अन्तरिम विधान कायम गर्ने, पार्टीको एकता महाधिवेशन आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने, त्यस्तै राप्रपाको झण्डा साविकको राप्रपाले प्रयोग गरिरहेको गाई अंकित झन्डा रहने र चुनाव चिन्ह साविकको राप्रपा ९संयुक्त० ले प्रयोग गरेको हलो हुने लगायतका निर्णय गरेको छ ।

बैठकपछि अध्यक्षत्रयले मुलुकमा नयाँ राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको भन्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । यस्तै कमल थापाले हिन्दूराष्ट्रको एजेन्डा बोकेको राप्रपाका निम्ति गाई उपयुक्त चुनाव चिह्न भए पनि पार्टी एकता जोगाउन हलो स्वीकार गरेको बताएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा संयुक्तबीच गत फागुनमा पार्टी एकता घोषणा भएको थियो । अहिले कमल थापा समूहले चुनाव चिन्ह हलो स्वीकार गर्ने र पशुपति शमशेर समूहले हिन्दु राष्ट्र र राजतन्त्र स्वीकार गर्ने सहमति पार्टीमा जुटेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.