भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन, प्रसाद ग्रहणसंगै जीवित देवी कुमारीको दर्शन

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन, प्रसाद ग्रहणसंगै जीवित देवी कुमारीको दर्शन

काठमाडौंः वर्षा र सहकालका देवता भनेर चिनिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गरेका छन् । जावलाखेलमा अपराह्न आयोजित भोटोजात्रामा सरिक भइ राष्ट्रपति पौडेलले भोटोजात्रा अवलोकन गरेका हुन् ।

लगनखेलबाट जावलाखेल पु¥याइएको मच्छिन्द्रनाथको रथ चौथो दिन भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएका हुन । राष्ट्रपति पौडेलले भोटोको दर्शन गरे ।

प्रसाद ग्रहण गरेसंगै जीवित देवी कुमारीको दर्शन गरेका छन् । गत वैशाख ११ गतेदेखि शुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ ।

भोटो हेर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरुलगायत उच्चपदस्थहरु सहभागी भएका थिए । भोटोजात्रामा आम नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.