काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ । नेतृ झाँक्रीलाई सोधपुछका लागि आजै कार्यालयमा बोलाएको अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए ।
झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बोलेको विषयलाई लिएर प्रहरीले बोलाए स्रोतको दावी छ । पछिल्लाे समय नेतृ रामकुमारी झाक्रीले राष्ट्रपतिकाे विरूद्व चर्काे कुरा बाेल्दै आएकी छन् भनेर आलोचना पनि हुने गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले हिजाे प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा गरेकाे विशाल सभामा वक्ताको रुपमा नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गर्दै गर्दा फरक दृश्य देखिएकाे थियो ।
उनी प्रतिगमन मुर्दावाद लेखिएको ज्याकेट लगाएर स्टेजमा चढेकी थिईन् । उद्घोषक लिलामणि पोखरेलले वक्ताको रुपमा झाँक्रीलाइृ बोलाएपछि उनी माईकमा नपुग्दै कालो ज्याकेट फ्याँकेकी थिईन् ।
सम्बोधन गर्नुभन्दा पहिले मास्क खोल्दै मुखमा टाँसिएको कालो टेप पनि खोलेर फ्याँकेकी थिईन् । उनले सम्बोधनको सुरुमा भनिन्–‘बोल्न पाईन्छ ।’ भन्दै तानाशाही सरकार विरूद्व भनेर कडा प्रतिवाद गरिन् ।

