भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई मन्त्रीको बालुवाटारमा खोजी

दुई मन्त्रीको बालुवाटारमा खोजी

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री आफु तर्फ फर्कन लागेको दाबी गरेपछि ती मन्त्री को हुन भनेर चासोका साथ बालुवाटारमा खोजी भइरहेको एक नेताले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा तिनको खोजी हुन थालेको ती नेताले बताए । प्रचण्डले हिजो भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै दुई मन्त्रीको आफूसँग वार्ता समेत भइरहेको बताएका थिए । दुई मन्त्री फर्कनका लागि प्रचण्डसँग समेत कुराकानी गरिसकेको विषय उठेपछि तिनको पहिचान गर्न खोजिएको हो ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा पूर्व माओवादीबाट पाँचजनालाई मन्त्री बनाएका थिए । तीमध्ये गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई जावलाखेलको जुमा लगेर थुन्ने चेतावनी दिइसकेका छन् । प्रभु शाह पनि प्रचण्डको आलोचनामा उत्रिएका छन् । ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिदै आइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.