काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री आफु तर्फ फर्कन लागेको दाबी गरेपछि ती मन्त्री को हुन भनेर चासोका साथ बालुवाटारमा खोजी भइरहेको एक नेताले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा तिनको खोजी हुन थालेको ती नेताले बताए । प्रचण्डले हिजो भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै दुई मन्त्रीको आफूसँग वार्ता समेत भइरहेको बताएका थिए । दुई मन्त्री फर्कनका लागि प्रचण्डसँग समेत कुराकानी गरिसकेको विषय उठेपछि तिनको पहिचान गर्न खोजिएको हो ।
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा पूर्व माओवादीबाट पाँचजनालाई मन्त्री बनाएका थिए । तीमध्ये गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई जावलाखेलको जुमा लगेर थुन्ने चेतावनी दिइसकेका छन् । प्रभु शाह पनि प्रचण्डको आलोचनामा उत्रिएका छन् । ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिदै आइरहेका छन् ।

