राष्ट्रपति रामचन्द्र पौडेलले गरे गणेशमान सिंहको प्रतिमा अनावरण

राष्ट्रपति रामचन्द्र पौडेलले गरे गणेशमान सिंहको प्रतिमा अनावरण

भक्तपुर ।  जन आन्दोलनका सर्वोच्व कमान्डर स्वार्गिय गणेशमान सिंह १२ फिट अग्लो १ हजार २ सय किलोग्राम तौल भएको ढलौटको प्रतिमा अनावरण गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहको २६ औं स्मृति दिवसको अवसरमा अरापारेर प्रतिमा अनावरण गरेका हुन ।

पद प्राप्तिभन्दा बढी सङ्घर्ष रोजिरहने एक त्यागि नेता अर्थात प्रजातन्त्रका अथक योद्धा गणेशमान सिंहको स्मरण गर्दै उनको योगदानको स्मरण गरे । जनताको हित र राष्ट्रको हितमा काम गर्नुपर्छ भन्ने मान्यता राख्ने सिंहले देशमा विधिको शासन हुनुपर्छ भन्नेमा जोड दिएको काँग्रेसका नेता प्रकाशमान सिंहले बताए ।

२०४६ सालको क्रान्ति सफल भएपछि शहीद मञ्चको सभालाई सम्बोधन गर्ने क्रममा गणेशमानसिंहले राजनीतिक क्रान्ति सफल भएको र अब आर्थिक क्रान्ति आवश्यक भएको तर्क अहिले पनि सान्दर्भिक लागेको अर्थमन्त्री प्रकाश शरण महतले बताए ।

सानै उमेरदेखि राजनीतिमा लागेका गणेशमान सिंह, १९९७ सालमा राणा विरोधी गतिविधिमा सक्रिय भएको देखेपछि राणाले सर्वश्वसहित आजीवन कारावासको सजाय तोकेका थिए ।

४ वर्ष जेल जीवन विताएका सिंह २००१ साल असार ७ गते भद्रगोलको १२ फिट अग्लो पर्खाल नाघेर भाग्न सफल भएको स्मरण बक्ताहरुले गरेका थिए । राजाले प्रधानमन्त्री बन्न आग्रह गर्दा पदको लोभमा नपरि राजनीतिक उदारता, विशेषता, त्यागका कारण सिंहलाई त्यागी नेताको रुपमा लिने गरेको भन्दै बक्ताहरुले गणेशमानको योगदानको चर्चा गरेका थिए ।

सूर्यविनायक नगरपालिकाको धार्मिक क्षेत्र सुवर्णेश्वर डाँडामा स्थापना भएको प्रतिमाको २०५४ सालमा सन्त नेता कृष्णप्रसाद भट्टराईले शिलान्यास गर्नु भएको थियो । १ सय ७४ रोपनी १५ आनामा फैलिएको प्रतिमा स्थल व्यवस्थित रुपमा निर्माण गरिएको छ ।

बाटिका परिसरमा प्रजातान्त्रिक आन्दोलनका शहीदहरुको जीवनीमा आधारित संग्रहाल, पुस्तकालय, योगपार्क, चिल्ड्रेन पार्क, भ्यु टावरसमेत निर्माणकै क्रममा छन् । रमणीय जंगलको बीच स्थानमा निर्माण गरिएको हुनाले प्रतिमा स्थल पर्यटनको हब बन्ने निश्चित भएको धारणा राखेका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.