टेक्सस । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन् । महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन् ।
उनी राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्षसमेत हुन् ।जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन ९आइसीपीडी०को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेण्डा पूरा गर्नका लागि यो आयोग गठन गरिएको थियो ।
