भर्खरै : Sorry, your browser does not support inline SVG.
फेवातालमा डुबेर १९ वर्षीय युवकको मृत्यु | सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती | लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना | काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट | रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक |

राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध

राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै नेकपा एमालेका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् । नेकपा एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागेपछि अध्यक्ष तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिए । न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइन् । त्यसपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठे ।

पटक पटक अध्यक्ष तिमिल्सिनाले जनताका विविधि विषयमा छलफल गर्नुपर्ने बताउँदै बैठक सन्चालनको वातावरण बनाउन आग्रह गरे पनि एमाले सांसदहरुले आफ्नो स्थानमा उठेर विरोध जनाइरहे । यसअघि प्रधानमन्त्री पुुष्पकमल दाहाल ’माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.