राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ भने राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।

 


Thali Mobile Pvt.Ltd.