भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

राहदानी विभागको बेसमेन्ट अब पार्किङ स्थल बन्ने

राहदानी विभागको बेसमेन्ट अब पार्किङ स्थल बन्ने

काठमाडौं । त्रिपुरेश्वरमा रहेको राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरू हटाएर काठमाडौं महानगरपालिकाले अब पार्किङ स्थलका रुपमा परिणत गराएको छ ।

महानगरपालिकाले राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरू हटाएको हो । सेवा लिन जाने सेवाग्राहीले आफ्ना गाडी विभागबाहिर नै पार्किङ गर्नुपर्ने बाध्यता थियाे ।

गाडी आउजाउमा समस्या आएकाे भन्दै गुनासो आएपछि महानगरपालिकाले अध्ययन गरेर बेसमेन्टरका संरचना हटाएको हो । विभागले सवारी पार्किङका लागि छुट्याउनुपर्ने बेसमेन्टमा प्रतिक्षालय बनाएको थियो ।

बेसमेन्टमा रहेका संरचनासहित बेञ्चहरू हटाएर पार्किङका लागि खाली गराएको हो । अवैध संरचना हटाइसकेपछि महानगरपलिकाका नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेले यसरी अवैध संरचना बनाएका ठाउँ तीन सय वटाभन्दा बढी रहेको बताए ।

उनले भवन निर्माण गर्दा के प्रयोजनका लागि नक्सा पास गरिएको हो भन्ने कुरा स्पष्ट खुलाइएकोले प्रयोजनअनुसारको काम गर्नुपर्ने बताए । नागरिकले पनि आफ्नो तहबाट जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

काठमाण्डौ महानगर क्षेत्रका व्यावसायिक प्रतिष्ठानका भवन र सार्वजनिक भवनमा गाडी पार्किङका लागि भनेर बेसमेन्ट बनाउन ‘कर छुट’ को सुविधा लिइए पनि अन्य प्रयोजनमा प्रयोग भएको पाइएपछि महानगरपालिकाले साउन महिनामा नै ३५ दिने सूचना जारी गरेको थियो ।

त्यो सूचनाको पालना गरेको नपाइएपछि स्थलगत अनुगमन नै थालेर अवैध संरचनाहरू हटाउन सुरु गरेको हो । विभागले भने भवनको नक्साअनुसार बेसमेन्टमा पार्किङ राख्ने पहल गर्ने जनाएको छ ।

राहदानी विभागले अब बेसमेन्टमा आउँदो आइतवारदेखि पार्किङ हुने जनाएको छ । विभागले सूचना नै निकालेर यस्तो जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.