भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुख काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न निर्देशन

रुख काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न निर्देशन

काठमाण्डौ । बुटवल–नारायणघाट सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुख काट्न निर्देशन दिनेमाथि छानविन गर्न समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रतिनिधि समितिको शुक्रवारको बैठकले बुटवल–नारायणघाट सडक खण्डका दुवै प्याकेजमा डीपीआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बुटवल–नारायणघाट सडक खण्डका दुवै प्याकेजमा स्वीकृति दिएको डीपीआरमा उल्लेख भएको भन्दा क्रमशः ५७६ प्रतिशत र ४४० प्रतिशत रुख काटिनुपर्ने कारणले आयोजनाको काममा ढिलाइ भएको भन्ने तथ्य पेस भएको सन्दर्भमा आयोजनाको काम नै प्रभावित हुने गरी गलत आँकडा पेस गर्ने र त्यो कामलाई स्वीकृत गर्ने पदाधिकारीमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणीकुमारी खड्काको भनाई छ ।

आयोजनाको काम नै प्रभावित हुने गरी गलत आँकडा पेस गरिएको समितिको ठहर छ । एकाले बढी रुख काट्न गलत आँकडा पेस गर्ने र काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.