भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

रुससँग युद्धलड्न अमेरिकाले युक्रेनलाई पठायो ४ सय मिलियन डॉलरको हतियार

रुससँग युद्धलड्न अमेरिकाले युक्रेनलाई पठायो ४ सय मिलियन डॉलरको हतियार

एजेन्सी । रुससँग युद्ध लडिरहेको युक्रेनलाई थप युद्ध लड्न अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ ।

४ सय मिलियन डलर अर्थात करिब ३२०० करोड रुपैयाँ बराबरको सैन्य उपकरण र हतियार पठाएर अमेरिकी रक्षा मन्त्रालयले युक्रेन उचाल्ने कार्य गरिरहेको छ ।

यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको रक्षा मन्त्रालयले बताएको छ ।

तर जानकारहरुका अनुसार अमेरिकाले रुससंग पर्दापछाडि रहेर युद्ध थोपरिरहेको छ ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० अर्ब डलरभन्दा बढी सहयोग पठाइसकेको छ।

यतिखेर अमेरिकाले युक्रेनलाई आधुनिक रकेट प्रणाली, हाइमर्स डिफेन्स सिस्टमका लागि आर्टिलरी राउन्ड उपलब्ध गराएको छ ।

यसमा सवारीसाधन सञ्चालनका पुलहरू पनि समावेश गरिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.