भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

ललितानिवास परिसरका जग्गाधनीले सरकारलाई जग्गा फिर्ता गर्न थाले

ललितानिवास परिसरका जग्गाधनीले सरकारलाई जग्गा फिर्ता गर्न थाले

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गाधनीमाथि अनुसन्धान थालेपछि बालुवाटारस्थित ललितानिवास परिसरका जग्गाधनीले सरकारलाई जग्गा फिर्ता गर्न थालेका छन् ।

सिआइबीले जग्गाधनी सिपिका खेतानलाई पक्राउ गरेपछि उनले डिल्लीबजार मालपोत कार्यालयमा जग्गा सरकारको नाममा नामसारी गरेकी थिइन् । जग्गा फिर्ता गरेर जानकारी सिआइबीलाई दिँदै आफूलाई रिहा गर्न मागसमेत गरेकी छिन् ।

जग्गा फिर्ता गर्नेलाई साक्षीका रूपमा अदालतमा पेस गर्नेबारे जिल्ला सरकारी वकिल कार्यालयसँग सिआइबीले छलफल थालेको छ । खेतानको नाममा हाल ललितानिवास परिसरको आठ आना जग्गा रहेको छ । व्यवसायी मीनबहादुर गुरुङसँग उनले सो जग्गा खरिद गरेकी थिइन् ।

जग्गा जफतको प्रयोजनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भूमाफिया गिरोहसँग संलग्न र पछि खरिद गर्ने दुई किसिमका जग्गाधनी यसमा सहभागि छन् ।

सोहीअनुसार अनुसन्धान गरिरहेको र केहीले जग्गा फिर्ता गरेर निवेदन दिन थालेको सिआइबी एसएसपी दिनेश आचार्यले बताए । सो प्रकरणमा जग्गाधनीमाथि पनि अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यसअघि अख्तियारले जग्गा फिर्ता गरेकै आधारमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी तथा एमाले नेता विष्णु पौडेलका छोरा नवीनलाई मुद्दा नचलाउने ‘विवादित निर्णय’ गरेको थियो ।

सिआइबीले यसमा २२ जना पक्राउ गरेकोमा खेतानसँगै केशव तुलाधरलाई समेत थुनामा राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.