भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

विदेशीने युवाहरुको संख्या दैनिक बढ्दै,बर्दघाट–सुस्ता पश्चिमबाट १० हजारले लिए राहदानी

विदेशीने युवाहरुको संख्या दैनिक बढ्दै,बर्दघाट–सुस्ता पश्चिमबाट १० हजारले लिए राहदानी

नवलपरासी । नेपाली युवाहरु दैनिक त्रिभुवन विमानस्थलबाट हजारौंको संख्यामा विदेशी रहेका छन् । आज भोलि विमानस्थलमा मानिसहरुको भिड थामी नसक्नु छ । अझै देशका विभिन्न जिल्लाहरुबाट नयाँ राहधानी बनाउनेहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम बाट सात महिनाको अवधिमा करिब १० हजार व्यक्तिले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत साउनदेखि माघसम्म चालु आर्थिक वर्ष २०७९ र ८० को पछिल्लो सात महिनामा १० हजार जनाले राहदानी लिएको तथ्यांक रहेको छ ।

विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपश्चात् आफू वैदेशिक रोजगारीबाट फर्केको भन्नसक्ने अवस्था नरहेको, कुण्ठितरुपमा बस्नुपर्ने अवस्था रहे पनि अहिले भने केही परिवर्तन आएको छ । रामग्राम नगरपालिकाअन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले जानकारी दिए अनुसार वैदेशिक रोजगारलाई सकारात्मक र नकारात्मक दुवै पाटोले हेर्दा ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको जनाएको छ ।

नेपालको करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारका सिलसिलामा कुनै न कुनैरुपमा देश बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.