भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विदेशीलाई एमालेले चितवनमा जंगल सफारी गराउँने

विदेशीलाई एमालेले चितवनमा जंगल सफारी गराउँने

काठमाडौं । एमालेले भाइचारा र मैत्रीपूर्ण सम्बन्ध कायम गरेका देशका पार्टी प्रतिनिधिलाई १० औं राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन चुलेनिम्तो दिएको छ । ६० देशका पार्टी प्रतिनिधिले त महाधिवेशनमा आउने जनाइसकेको एमालेले जनाएको छ ।

भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेसन पार्टीका प्रतिनिधि महाधिवेशनमा नै आउने र अन्य देशका प्रतिनिधिले कोरोनाको कारण देखाउँदै शुभकामना सन्देश मात्रै पठाउने अतिथि सत्कार संयोजक एवं विदेश विभाग प्रमुख राजन भट्टराईले बताए।

आउँने अतिथिहरू मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्ने भट्टराईले जानकारी दिए । १० गते बिहान चितवन पुग्ने र ११ गते साँझ विदेशी पाहुनार्को सम्मानका लागि अध्यक्ष केपी शर्मा ओलीले रात्री भोजको आयोजना गर्ने भट्टराईले बताए । विदेशी पाउनालाई सौराहामा दृश्यावलोकनका लागि जंगल सफारी पनि गराउँने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.