भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन

विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन

भक्तपुर । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सामुदायिक माविका प्रधानाध्यापकहरुको बैठकले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालनबारे छलफल गरेको छ ।

नपाभित्रका सामुदायिक तथा निजी विद्यालयमा अनलाइन कक्षालाई निरन्तरता दिंदै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सुरक्षित रुपमा विद्यालय सञ्चालन गर्न जोड दिएको थियो । भक्तपुरका विद्यार्थीको शैक्षिक स्तर माथि उकास्न र शैक्षिक सत्रलाई खेर जान नदिन भौतिक उपस्थितिमा चरणबद्ध रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको तर विद्यार्थीमा स्वास्थ्य समस्या आएमा तत्काल विद्यालय बन्द गर्नुपर्ने अवस्था पनि आउनसक्नेतर्फ सचेत गरिएको छ ।

कोरोनाको जोखिम अहिले पनि यथावत रहेको भन्दै भक्तपुर नपाले परीक्षणको रुपमा ८, ९ र १० का कक्षाहरू सञ्चालन गर्न लागेको नगरप्रमुख प्रजापतिले बताए । बैठकमा नगरभित्रका १३ वटा मा.वि.मध्ये १२ मा.वि. का प्रधानाध्यापकहरुले नगरपालिकाको निर्देशनअनुसार सुरक्षाको मापदण्ड पूर्ण पालना गरी कक्षा सञ्चालन गर्न तयार रहेको बताए ।

अधिकांश प्रअहरुले अनलाइन कक्षालाई पनि निरन्तरता दिने र विद्यार्थीहरुको भौतिक उपस्थितिलाई पनि सँगसँगै लाने विचार व्यक्त गरे । नगरपालिकाले विद्यार्थीहरुको लागि वितरण गरेको वर्कसिट निकै प्रभावकारी रहेको भन्दै कक्षा सञ्चालनको क्रममा कुनै विद्यार्थी बिरामी भए वा कोरोना संक्रमित भएमा उनीहरुलाई विद्यालयमा नआउन जानकारी गराइने बताए।

 


Thali Mobile Pvt.Ltd.