भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विद्यार्थीलाई गुन्द्री, दुनाटपरी

विद्यार्थीलाई गुन्द्री, दुनाटपरी

काठमाडौं । परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएपछि पाल्पाको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउन थालेको हो ।

चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको सो विद्यालयले गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी तयार पार्ने सीप सिकाउन थालेको छ । कक्षा ९ का विद्यार्थीलाई मात्रै सिकाउने गरिएको विद्यालयले अरु कक्षालाई पनि सिकाउने लक्ष्य लगेको छ । प्राङ्गणमा तान लगाएर गुन्द्री बुन्ने, दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ ।

बढ्दो आधुनिकताले गर्दा गाउँघरमा सबैले पुराना कुरा बिर्सिँदै गएको अवस्थामा विद्यालयमा सीप सिक्न पाउने अवसर मिलेको छात्रा नमूना गौतमले बताइन् । आफैँले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री हामी अन्यत्र आश्रित हुन नपर्ने उनको भनाइ छ । विद्यालयले हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण बनाइदिएकोमा उनले धन्यवाद दिइन् ।

गुन्द्री, दुनाटपरी समाजमा अनिवार्यरूपमा प्रयोग भइरहने वस्तु पनि हुन् । सैद्धान्तिक सिकाइले कण्ठ गर्ने मात्र हुन्छ । छात्रा सभ्यता जिसी घरमा प्रयोग गरिए तापनि सीप सिक्ने मौका नमिलेको अवस्थामा विद्यालमै आएर सिक्न पाउँदा रमाइलो लागेको बताउछन् ।

 


Thali Mobile Pvt.Ltd.