भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

विद्यार्थीले गरे गाउँपालिका कार्यालय तोडफोड

विद्यार्थीले गरे गाउँपालिका कार्यालय तोडफोड

सर्लाही । चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरुले सोमबार सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् । इन्ष्टिच्युटबाट नाराबाजी गर्दै पालिका कार्यालय पुगेका विद्यार्थीले टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन् । तोडफोडबाट पालिकाको एउटा डोजर र कार्यालयमा सामान्य क्षति पुगेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलाश राईले बताए । क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए ।

विद्यार्थीहरुले वडा नं. २ बबरगञ्जमा रहेको गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमाथि पनि ढुंगामुढा गरेको उनका स्वकीय सचिव उमेश साहले बताए । विद्यार्थीहरुले नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रिन्सिपल नियुक्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।

२०७६ सालमा स्थापना भएको इन्ष्टिच्यूटको शिक्षक अभावकका कारण पठनपाठन नियमित हुन सकेको छैन । आफू निर्वाचित भएर आएपछि सुधार गर्न खोज्दा केही व्यक्तिले विद्यार्थीलाई उचालेर सार्वजनिक सम्पत्ति तोडफोड गराएको गाउँपालिका अध्यक्ष महतोले बताए ।

गाउँपालिकाले सोमबार एक विज्ञप्ति जारी गरी अध्यक्ष दुईदिनदेखि बाहिर रहेको मौकामा कार्यालय तथा घरमा तोडफोड गरेको र गाउँपालिकाका कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिकमाथि हातपात गरिएको भन्दै विरोध जनाएको छ । प्रेस विज्ञप्तिमा तोडफोड र कुटपिटको घटनामा संलग्नमाथि कारबाहीको माग गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.