भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

विद्यार्थीहरु समूहमा वस्न सिक्दै

विद्यार्थीहरु समूहमा वस्न सिक्दै

भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थीले समूहमा वस्न सिकेका छन् । जिल्लाको एभरेष्ट स्कुलका विद्यार्थीले समूहमा बसेर काम गर्न सिकेका हुन् । स्काउट ग्रुप भक्तपुर २ मिवाछेंको आयोजनामा एकराते दुईदिने क्याम्प भएको थियो । क्याम्पसमा कक्षा ६ देखि १० सम्मका ५५ जना छात्रछात्रा सहभागी थिए । उनीहरु आठ वटा पेट्रोल (स्काउटको भाषामा समूह) मा रहेका थिए । एउटा पेट्रोलमा वढीमा आठ जनासम्म रहनसक्ने व्यवस्था छ ।

पेट्रोलमा वसेका स्काउट ग्रुपले आफूलाई क्याम्पमा रहँंदा खानवस्न आवश्यक पर्ने सवै वन्दोवस्त यसअघि नै मिलाएका थिए । प्रत्येक पेट्रोल समूहले समूहलाई आवश्यक दाल, चामल, मसलालगायतका सामानहरुको जोरजाम गरी यसअघि नै मिलाएका थिए । उनीहरुमध्ये कसैले दाल, चामल त कसैले के आवश्यक मात्रामा ल्याएका थिए ।
उनीहरुले समूहसमूहमै वसेर दाउरामा खाना पाएका थिए । साथै खाना खाने, खाएको भाडा आफैले धुनेलगायतका कामहरु पनि उनीहरु स्वयमले गरेका थिए । साथै उनीहरुले समय तालिका वनाएर व्यवस्थित रुपमा उनीहरुले दैनिकी चलाएका थिए ।

स्काउट ग्रुपलाई क्याम्प प्रमुख पवनकुमार वल्ल, सहायक क्याम्प प्रमुख सन्जिव कार्की (व्याइजतर्फ), स्काउट मास्टरहरु जयराम कार्की, प्रेमशिला प्रधान, रवि तज, सल्लाहकारहरु भक्त राजभण्डारी, रामगोपाल कर्माचार्य, कमलादेवी अमात्य राजभण्डारीलगायतले सहजकर्ताको भूमिकामा रहेका थिए । समयको व्यवस्थापन, जीवनको सही सदुपयोग, घरबाहिर वस्नसक्ने क्षमताको विकास, समूहमा वसेर काम गर्नसक्ने वन्न, सिद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिकाईलाई अझ प्रभावकारी बनाउनेलगायतका उद्देश्यले यस्तो स्काउट क्याम्प गर्ने व्यवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.