भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

विपी राजमार्गमा गुड्ने सवारीमा टाइम कार्ड लागु

विपी राजमार्गमा गुड्ने सवारीमा टाइम कार्ड लागु

सिन्धुली । मुख्य चाडपर्व शुरु भएसँगै दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले विपी राजमार्गमा गुड्ने सबै सवारी साधनहरुलाई टाइमकार्ड लागु गरिएको छ ।

राजमार्गमा दुर्घट्ना बढन थालेपछि सार्वजनिक सवारीमा मात्रै लागु भएको टाइमकार्डलाई नीजि सवारीमा समेत लगाउन थालिएको हो ।

विगतमा विपी राजमार्गको भिमानदेखि नेपालथोकसम्म लागु हुँदै आएको टाइमकार्डलाई भिमानदेखि सिन्धुलीमाढी सडकखण्डमा हटाइएको छ ।

पछिल्लो समय लागु गरिएको टाइम कार्ड अनुसार सिन्धुलीमाढीदेखि खुर्कोटसम्मको ३९ किलोमिटर सडकमा ठुला यात्रुवाहक सवारीलाई एक घण्टा ३० मिनेट र साना यात्रुवाहक सवारीलाई १ घण्टा १५ मिनेटको समय राखिएको छ ।

उता खुर्कोट नेपालथोक ३३ किलोमिटर सडकखण्डमा साना सवारीलाई ५५ मिनेट र ठुला सवारीलाई एक घण्टा १५ मिनेटको समय राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.