विप्लव नेकपाका नेता बास्तोला फेरि पक्राउ

विप्लव नेकपाका नेता बास्तोला फेरि पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएलगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो । थुनामा राख्न म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ ।

विप्लव समूहका विदेश विभाग प्रमुख बास्तोलालाई प्रहरीको विशेष टोलीले गत पुसमा ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । यो घटनाले देश फेरी तात्ने देखिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.