काठमाडौँ । प्रतिबन्धित विप्लव नेकपासँग हुने भनिएको वार्ताको कुराले कतिपयलाई छटपटी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै ओलीले नेत्रविक्रम चन्द्र (विप्लव) नेकपासँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटी भएको टिप्पणी गरेका हुन्।
फरक राजनीतिक बाटोमा रहेका विप्लवलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्याउन आफूले पहल गरिरहेको बताए ।सम्बोधनकै क्रममा उनले वैशाखमा कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताए । ओलीले वैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने बताए ।
