विविधतामा एकता आज तामाङ तथा शेर्पा समुदायको विशेष पर्व सोनाम ल्होसार

विविधतामा एकता आज तामाङ तथा शेर्पा समुदायको विशेष पर्व सोनाम ल्होसार

काठमाडौ । बहुजाति र बहुसंस्कृति भएको नेपालमा आज तामाङ तथा शेर्पा समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व मनाउँदैछन् । दुवै समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाउँदैछन् । सोनाम ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशमा विशेष रुपमा मनाइने यस पर्वमा बौद्ध क्षेत्रमा विभिन्न कार्यक्रम गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश भएसँगै २८५७औँ वर्ष सुरु हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होसार पर्व मनाइँदै आएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.