भर्खरै : Sorry, your browser does not support inline SVG.

विश्वकै सुन्दर देशको पहिलो स्थानमा नेपाल, भारत सूचीमै पर्न सकेन

विश्वकै सुन्दर देशको पहिलो स्थानमा नेपाल, भारत सूचीमै पर्न सकेन

काठमाडौ । विश्वका १० सुन्दर देशहरुको सुचीमा नेपाल पहिलो नम्बरमा आएको छ । पर्यटकीय गन्तव्यका लागि बेलायतको ट्राभल गाइड बुकले प्रकाशित गरेको उक्त सूचीमा नेपाल पहिलो नम्बरमा छ भने भारत सूचीमै परेको छैन । भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको हो ।

सन् २०२१ मा बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा परेको नेपाल सन् २०१६ देखि लगातार पहिलो स्थानमा रहेको छ । ०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो भएको नेपालको पर्यटन व्यावसाय फेरी कोरोना महामारीले असर गर्यो ।

यो नेपालका लागि मात्र हैन विश्वभरीकै लागि दुखद भएको थियो । यस्तो अवस्थामापनि नेपाल नै पहिलो गन्तव्य रहेको भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य र सुन्दर देश भनेको छ । रफ गाईडले नेपालको ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य केन्द्रमा राखेको छ ।

भूकम्पले आफ्ना प्रियजन गुमाउनुको पिडा, अथाह धनजनको क्षति, महामारीका कारण आफन्त गुमाउनुको पिडा, लकडाउनले आर्थिक अवस्था ठप्प हुनु, कोरोना महामारीका बाबजुत पनि नेपालीले देखाएको आत्मिय स्वागत र व्यवहारलाई मनन गर्दै नेपाली पर्यटन क्षेत्रको सुन्दर र सबल पक्ष भनेर व्याख्या गरेको छ ।

विभिन्न हिम श्रृँखला, जंगली जनावर तथा विविधताले भरिपूर्ण नेपाली जंगलहरुलाई पर्यटनका लागि उत्कृष्ट रहेको भनेर दावी गरेको छ । रफ गाइडको १० देशको सूचीमा नेपाल पहिलो, कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा परेको छ भने भारत उक्त सुचिमा अटाउन सकेन ।

हेर्नुहोस् १० तस्वीर…

 


Thali Mobile Pvt.Ltd.