भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

विश्वकपमा जानेले कोरोना परीक्षण गर्न नपर्ने

विश्वकपमा जानेले कोरोना परीक्षण गर्न नपर्ने

काठमाडौं । २० नोभेम्बरबाट सुरु हुने विश्वकपका लागि कतार जानेले कोरोना परीक्षण गर्न नपर्ने भएको छ ।

१ नोभेम्बरबाट कतार प्रवेश गर्ने कसैले पनि पीसीआर र एन्टिजेन परीक्षण गर्न नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारी नागरिक र त्यहाँ भएका विदेशीले पनि अब अर्को देशबाट फर्केको २४ घण्टाभित्र पीसीआर वा एन्टिजेन जाँच गराउनु नपर्ने भएको हो ।

१८ डिसेम्बरसम्म चल्ने विश्वकपका ६४ खेलका लागि कतारले आठ अत्याधुनिक रंगाशाला तयारी अवस्थामा राखेको छ ।

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा विश्वकपको भव्य उद्घाटन हुनेछ ।

पहिलो खेल २० नोभेम्बरमा कतार र इक्वेडरबीच हुनेछ भने १८ डिसेम्बरमा कतारको राष्ट्रिय दिवसको दिन फाइनल तथा अन्तिम खेल हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.