भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशलको निधन

पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशलको निधन

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन भएको छ।

उनको ७५ वर्षको उमेरमा हेटौंडा –४ कमलडाँडास्थित निवासमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका उनलाई केही महिना अघिदेखि लिभर सिरोसिको कारण शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापश्चात उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । मकवानपुरे पत्रकारिताका संस्थापक मध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षती पुगेको पत्रकार महासंघ मकवानपुरले जनाएको छ ।

शोक विज्ञप्ति जारी गर्दै पाण्डे क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्ष समेत रहेर कार्य गरिसकेको जनाएको छ । उनकै प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो ‘प्रयास अर्धसाप्ताहिक’प्रकाशन हुँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.