भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीर अस्पताल इमर्जेन्सी विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका हुन्।

अस्पतालका निर्देशकलाई सामूहिक राजीनामा पत्र बुझाउदै उनीहरूले मागहरुको सुनुवाइ नभएको बताएका छन् । ज्यालादारी भनेर दसैं–तिहार भत्ता नदिएको, एकदिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र २४सै घण्टा ड्युटीमा लगाउने गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्थापन नगर्दा जोखिम मोलेर काम गर्न बाध्य भएको उनीहरुको गुनासो छ। डा कौशलेन्द्र चौधरी, डा महेश गिरी, डा कृष्टि थापा, डा राकेशकुमार सिंह, डा आयुषी शर्मा नेपाल लगायत १६ जना चिकित्सकले कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै राजीनामा दिएका हुन ।

 


Thali Mobile Pvt.Ltd.