व्यक्ति स्वार्थबाट माथि उठ्न पत्रकारलाई मेयर थापाको आग्रह, सुनपाले नीति तथा कार्यक्रम ल्याउदै

व्यक्ति स्वार्थबाट माथि उठ्न पत्रकारलाई मेयर थापाको आग्रह, सुनपाले नीति तथा कार्यक्रम ल्याउदै

भक्तपुर । सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा पत्रकारलाई राय सूझाव माग गर्न आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले पत्रकारहरुलाई व्यक्ति स्वार्थ भन्दा माथि उठ्न आग्रह गरेका छन् । नीति तथा कार्यक्रमका विषयमा पत्रकारहरुसँग सूझाव संकलन कार्यक्रममा नगर प्रमुख थापाले यस्तो  आग्रह गरेका हुन ।

राज्यको चौथो अंगबाट नगरपालिकाले ठूलो अपेक्षा गरेर सुझाव माग गरेको तर, पत्रकारहरुनै साना साना कुरामा अलझिएको देखेर त्यसबाट माथि उठेर अघि बढ्न मेयर थापाले अनुराेध  गरे । मेयर थापाले भने, ‘हामीले अझै व्यक्तिगत स्वार्थ छोड्न सकेका रहेनछौं, व्यक्तिगत स्वार्थ छोड्न सक्यौं भने सबै नागरिकको हित हुन्छ त्यसैले आफ्नो मात्र स्वार्थ नखोजौं ।’

मेयर थापाको यो दोस्रो कार्यकाल हो । यो कार्यकालको पहिलो नगरसभा तयारी अन्तर्गत नीति तथा कार्यक्रम र बजेटका विषयमा पत्रकारहरुसँग सुझाव संकलन गरिएको हाे । अघिल्लो कार्यकाल पूर्वाधारमा केन्द्रीत भएको र दोस्रो कार्यकाल मानवीय विकासमा केन्द्रीत रहने भन्दै मेयर थापाले यसमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरेको बताए ।

यतिबेला सुर्यविनायक नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेका छन् । नगरका १० वटै वडामा आम जनसमुदायको माग अनुसार योजना संकलन गरी वडा समिति मार्फत नगरपालिकामा सिफारिस गर्ने कार्य  भइरहेकाे छ ।

यही आसाढ ९ र १० गते नगरसभाको आयोजना गर्न लागेको सुर्यविनायक नगरपालिका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए । यही विषयमा एक हप्तादेखि सरोकारवालाहरुको सहभागीतामा नीति तथा कार्यक्रम एवं बजेट निर्माणमा जुटेको प्रवक्ता साप काेटाले बताए ।

सुझाव संकलन कार्यमा सामुदायिक विद्यालयका प्रधानाध्यापक, सस्थागत विद्यालयका प्र.अ, प्याव्सन, एनप्याब्सनका प्रमुख एवं प्रतिनिधि, नगर स्वास्थ्य सस्थाका प्रमुखहरु, नगरभित्र रहेका सहकारीका अध्यक्ष तथा विषयगत संघ संगठनका प्रतिनिधि, कृषक समूह, व्यवसायीक कृषकहरुसंग सुझाव संकलन गरिएको हाे ।

यसैक्रममा आज भक्तपुरमा क्रियाशील रहेका पत्रकारहरुसंग एक कार्यक्रमकाबीच सुझाव संकलन गरिएको छ । बेला-बेलामा सूचना सार्वजनिक गर्नु पर्ने, पत्रकार महासंघको भवन बनाउँन सुर्यविनायक नगरपालिकाले सहयोग गर्नु पर्ने, नगरको पहिचानका रुपमा मेगा प्रोजेक्ट राष्ट्रिय प्राणी उद्यान, शिवसर्किट, पर्यटन विकासमा विशेष जोड दिनु पर्ने, नगरपालिकाको निर्माणाधिन आफ्नै प्रशासनिक भवन चाँडो सम्पन्न गर्नु पर्नेलगायतका पत्रकारहरूले सूझाव दिएका थिए ।

उक्त अवसरमा नगरप्रमुख थापाले सबैको सह‌भागीतामा नीति तथा कार्यक्रम बनाउने र बजेटमा समावेश गरिने विश्वास व्यक्त गरे । सूझाव संकलन कार्यक्रमको संचालन प्रवक्ता रविन्द्र सापकोटाले गरेका थिए । सबै जनप्रतिनिधि, जनसमुदाय, पत्रकार, बुद्धिजीवि, नागरिक समाज र सरोकारवाला सबैको सहभागितिमा जनप्रतिनिधीहरुको आगामी कार्यभार पुरा गर्न मानवीय विकास लगायत सबै क्षेत्रमा सहयोग हुनु पर्ने प्रवक्ता सापकोटाले जोड दिए ।

सूर्यविनायक नगरपालिकालाई समृद्ध, खुशी नगरबासी र प्रविधिमैत्री नगर बनाउन सबैको साथ हुन जरुरी रहेको उनकाे भनाइ छ । यसैबीच असाढ ९ र १० गते हुने नगर सभा सहभागिताका लागि सबैमा अनुराेध गरे ।

तस्वीरमा…

Mohotsav


Thali Mobile Pvt.Ltd.