व्यवसायी सहमत नभएपछि सोलु–काठमाडौं जीप सञ्चालन ठप्प

व्यवसायी सहमत नभएपछि सोलु–काठमाडौं जीप सञ्चालन ठप्प

सोलुखुम्बु । सुमो जीपको हुट हटाउने विषयमा असहमती जनाउँदै यातयात व्यवसायीहरुले लामो दुरीको सुमो जीप सञ्चालन ठप्प पारेका छन् ।

हिमाली जिल्ला सोलुखुम्बुबाट दैनिक रुपमा काठमाडौंका लागि छुट्ने जीपहरु आज आइतबार सञ्चाचलन हुन सकेका छैनन् ।

क्षेत्रमा कुनै पनि सुमो छुट्न नसकेको यातयात व्यवसायी दोर्जी शेर्पाले बताए ।

केन्द्रीय सर्कुलर अनुसार दुर्घटनाको जोखिम बढेको भन्दै हुट हटाउन ताकेता गरेपछि यातायात व्यवसायीले यस्तो निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

व्यवसायीहरुले शनिबार यस विषयमा छलफल गरेर यातयात सञ्चालन बन्द गरेका हुन् ।

सोलुखुम्बुबाट छुटने सुमोले यात्रुका सामान, लगेज, आलु लगायतका सामाग्रीहरु बोक्नुपर्ने भएकाले हुट हटाउन नसकिने अडान छ ।

व्यवसायीले जिल्ला प्राशासन कार्यालयमा हुट हटाउन नसकिने बेहोराको जानकारी गराई सहजीकरण गरिदिन समेत आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.