भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

शाहको शंकास्पद रकम फुकुवा गर्न सर्वोच्चद्वारा अस्वीकार

शाहको शंकास्पद रकम फुकुवा गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहको शंकास्पद रकम फुकुवा गर्न फेरि अस्वीकार गरेको छ । बैंक खाता रोक्का राख्ने राष्ट्र बैंकको निर्णयविरुद्ध ३४ वर्षीय शाह सर्वोच्च गएका थिए ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उक्त मुद्दा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

शाहले गत साउन १२ गते वल्र्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिका तर्फबाट रिट निवेदन दिएका थिए । उक्त कम्पनीको प्रभु बैंकमा रहेको खातामा ४ करोड ८० लाख रुपैयाँ आएको उनले निवेदनमा जनाएका थिए ।

शाहका बैंक खातामा आएका रकम शंकास्पद देखिएपछि राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण विभागलगायतले अनुसन्धान गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.