भर्खरै : Sorry, your browser does not support inline SVG.

शक्ति फर्काउने दाउमा सिटौला, जमानत जफत गर्ने दाउमा लिङ्देन

शक्ति फर्काउने दाउमा सिटौला, जमानत जफत गर्ने दाउमा लिङ्देन

काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबीच कडा प्रतिस्पर्धा हुँदैछ । झापा क्षेत्र नम्बर ३ मा आमुनेसामुन्ने हुँदैछन् ।

०५६को संसदीय निर्वाचनमा यी दुई नेताले झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा सिटौलाले १७ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका थिए भने लिङ्देन ५ हजार ६२५ मत ल्याउँदै तेस्रो भएका थिए ।

सिटौला पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् भने लिङ्देन एमाले–राप्रपा गठबन्धनका उम्मेदवार हुन् । तर, यो क्षेत्रको तथ्याङ्कको विश्लेषण गर्दा लिङ्देन रसिटौलामाथि कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

यसको बलियो आधार भनेको गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्र भित्रका दलहरुले उठाएका वडाध्यक्षले प्राप्त गरेको मत नै हो ।

सत्ता गठबन्धनका बलिया नेता तथा यो क्षेत्रका पुराना नेता भएकाले पनि जनताले अन्तिम एक चरण सिटौलालाई निर्वाचित गराउन सक्ने कांग्रेस नेताहरुले बताएका छन् ।

तर, सिटौलाको जमानत जफत गर्ने दाउमा लिङ्देन लागेको राप्रपाका नेताहरुले बताएका छन् ।छिनोफानो कसको पक्षमा जनताले गर्नेछन् ? त्यो भने मंसिरको पहिलो साता पर्खन पर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.