भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शपथ तथा पदबहाली गर्दै बालेन र सुनिता डंगोल

शपथ तथा पदबहाली गर्दै बालेन र सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यहरुले आज शपथसँगै पदबहाली गर्दै छन् । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा एमालेका सुनिता डङ्गोल निर्वाचित भएका छन् ।

३२ वडाका वडाअध्यक्ष र सदस्यहित प्रमुख, उप–प्रमुख गरी १६० जनप्रतिनिधिले सपथ लिदैछन् । १६२ जनप्रतिनिधि हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जना प्रतिनिधि मात्र छन् ।

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये अध्यक्ष पदमा १९ मा नेपाली कांग्रेसका उम्मेदवार र १२ वडामा एमालेका उम्मेदवार विजय भएका छन् ।

वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहेका ईश्वरमान डङ्गोल विजय छन् । वैशाख ३० गते मतदान, ३१ गते शनिबारदेखि सुरुभएको मत गणनाकार्य गरी शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो ।

तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.