भर्खरै : Sorry, your browser does not support inline SVG.
साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो | नयाँ शैक्षिक सत्रमा अन्योल : सरकार र स्थानीय तहबीच निर्णय बाझिँदा अभिभावक दोधारमा | बाँकेमा सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा | सीमानाकामा कडाइपछि भारतीय बजारतर्फ नेपाली उपभोक्ताको चहलपहल ८० प्रतिशतले घट्यो |

‘शहीद तथा घाइते, अपाङ्गताका बारेमा नीति तथा कार्यक्रम बोल्न सकेको छैन’

‘शहीद तथा घाइते, अपाङ्गताका बारेमा नीति तथा कार्यक्रम बोल्न सकेको छैन’

काठमाडाैं । राष्ट्रियसभाका सदस्यले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याउने महान् शहीद तथा घाइते अपाङ्गताका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश नगरिएको भन्दै टिप्पणी गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद महेशकुमार बोहराले संविधानको मर्मअनुरुप समाजवाद राज्य व्यवस्था उन्मुख नीति तथा कार्यक्रम हुन नसकेको टिप्पणी गर्दै कृषिसम्बन्धी मलखादका बारेमा सही समाधानको बाटो खोज्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुन नसकेको बताउनुभयो । उहाँले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पु¥याउने महान् शहीद तथा घाइते अपाङ्गता भएकाका बारे नीति तथा कार्यक्रम बोल्न नसकेको उल्लेख गर्नुभयो ।

सांसद हीरादेवी गौतमले कृषकले सहज र समयमै मल पाउन नससकेको अवस्थामा नीति तथा कार्यक्रमले ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्दै गरीब तथा विपन्न परिवारप्रति वर्तमान सरकार गम्भीर हुन नसकेको बताउनुभयो । सांसद सिन्धुबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले तल्लो तहका जनसमुदायलाई सम्बोधन गरेको भन्दै सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा उत्पीडित समुदाय, वैदेशिक रोजगारीलगायतका विषयलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

सांसद वीना पोखरेलले नीति तथा कार्यक्रममा समावेशी सबै विषयलाई बजेटले समेट्न सक्नुपर्ने बताउनुभयो । सांसद शारदादेवी भट्टले मुलुकमा व्याप्त महिला हिंसा अन्त्यका निम्ति नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले खानेपानी, नालीको व्यवस्था, बाटोको व्यवस्थासहितको सहरी बस्ती निर्माण हुनुपर्ने बताउनुभयो । आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषयलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र आजका लागि तोकिएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.