भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहनेछ : उपप्रमुख डङ्गोल

जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहनेछ : उपप्रमुख डङ्गोल

काठमाडाैं । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताएकी हुन् ।

उक्त कार्यक्रममा बाेल्दै  नवनिर्वाचित उपमेयर डंगाेलले महानगरकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भएकाे र महानगरपालिकाकाे  ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जनप्रतिनिधिहरू विजय भएकाे बताउँदै सबै जनप्रतिनिधिहरूसंग सहकार्य गरेर महानगरकाे क्रमिक  विकासमा लाग्ने बताइन् ।

जनताले महानगर बनाउँन विश्वास दिएकाले जनताकाे मतकाे कदर गर्ने बताइन् । पाँच वर्षमा जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहेको उल्लेखसमेत गरिन् । विगतमा समेत आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरागर्ने प्रतिबद्धता व्यक्त  गरिन् ।

 

 


Thali Mobile Pvt.Ltd.